नवलपुर- आश्विन,५
देवचुली होटल व्यवसायी संघका सदस्य तथा विशाल तन्दुरी खाजा घर सन्चालन गर्दै आउनु भएका देवचुली नगरपालीका वडा न १४ दलदलेका शंकर बहादुर पौडेलको ३५ बर्षको अल्प आयु मै भएको असमायिक निघनले शोकाकुल परिवारजनमा परेको पिडालाई केही मलम लगाउन र यो पिडाको घडीमा धैर्य धारण गर्ने शक्ति प्रदान होस भनि देवचुली होटल ब्यवसायी संघ ले मृर्तकको घर परिवीरलाई भेटी गहिरो समवेदना तथा श्रद्धान्जली ब्यक्त गरेको छ। पिडाको यो समयमा परिवारलाई केही आर्थिक सहयोग होस भनि देवचुली होटल व्यवसायीक संघ ले रु.१०,००० दश हजार नगद आर्थिक सहयोग पनि गरेको छ।