नारायण शर्मा ,पूर्वी नवलपरासी — महेन्द्रराजमार्गको कावासोती दाउन्ने खण्डमा पर्ने चोरमारामा पुल मर्मत गर्नका लागि दिनहुँ ६ घण्टा सडक बन्द रहने भएको छ । महेन्द्रराजमार्गको चारमारा पुलको बीच भागमा प्वाल परेकाले मर्मत गर्न हरेक दिन बिहान ८ बजेबाट दिउँसो २ बजेसम्म राजमार्ग बन्द रहने भएको हो ।जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले आइतबार एक सूचना निकालेर त्यो समयमा एम्बुलेन्स बाहेकका सवारी आवगमन बन्द रहने जानकारी गराएको हो । कति दिन बन्द रहने हो भन्ने प्रशासनको सूचनामा खुलाइएको छैन । त्यहाँ वैकल्पिक सडकसमेत निर्माण गरिएको छैन । वैकल्पिक सडक निर्माण नगरिएका कारण महेन्द्रराजमार्ग हुँदै पूर्व पश्चिमका लागि छुटेका सैयौं सवारी जाममा पर्ने गरेका छन् ।
पुल मर्मतका लागि चोरमारा सडक खण्ड दैनिक ६ घण्टा बन्द रहने