कृष्णनगर, कपिलवस्तु बैशाख १९ रमजानको एक महिनाको कठिन उपबास पछिको मुस्लिम समुदायको खुशियालीको पर्व इद ऊल फित्रको पावन अवसरमा कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने अकरम अब्दुल रहमान खान( अकरम पठान) ले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा ईद ( ईदुल फित्र) को शुभकामना दिए र यस अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गर्दछ । अकरम पठानस्थानीय चुनावमा कृष्णनगर नगरपालिका प्रमुख पदका लागि जसपा नेपाल पार्टी बाट उम्मेदवारी समेत दिएका छन् l पठानले ईद पर्वको अवसरमा सबैमा मानवताको विकास हुदै एक आपसमा भाईचारा कायम रहोस भन्ने भाव व्यक्त गरेका छन् l
नगर प्रमुख पदका उम्मेदवार अकरम पठानले दिए ईद (ईदुल फित्र) को शुभकामना