कावासोती ,नवलपुर। कावसोती नगरपालिका तरुण दलले वडा समिती विस्तार अभियानलाई तिव्रता दिएको छ।स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा युवा परिचालनको आवस्यकतालाई महसुस गर्दै तरुण दलले कावासोती नगरपालिका अन्तर्गत रहेका सत्र वडाहरुमा समिती गठन गर्न लागेको हो।
अभियान अन्तर्गत मंगलबार कावासोती नगरपालिका वडा न १२ मा २५ सदस्यीय तरुण दल वडा कार्य समिती गठन गरिएको छ ।तरुण दल जिल्ला उपसभापति मीन घले, क्षेत्रीय सभापति राजन सुवेदी ,तरुण कावासोती नगर सभापति मिनरासी गुरुङ,वडा सभापति लगायतको उपस्थितमा सम्पन्न अधिवेशनले खुकिन गुरुङ सभापति रहनेगरि समिती चयन गरेको छ।समिती बिस्तार अभियान अन्तर्गत कावासोती नगरपालिकाको केही वडामा समिती चयन सकिएको र अन्य बाकी वडामा समेत छिटै गठन गरिने नगर सभापति मिनरासी गुरुङले बताए।
कावासोतीमा धमाधम गठन हुँदै तरुण दलको वडा समिती , १२ को सभापतिमा गुरुङ