पवन भुर्तेल ,कावासोती ६ । बुटवल-नारायणगढ सडक खण्डको अत्यधिक धुलो धुवाले होलि पर्वलाइ समेत फिक्का बनाएको छ।कावासोती बाट नारायणगढ जान पर्यो भने धुलोले मान्छे चिन्न नसकिने अवस्था हुन्छ। यो बाटो मा दिनमा लगभग १ लाख सवारी साधनको यात्रा हुन्छ तर एकचोटी हिडेको मानिस फर्केर आउन चहाँदैन, कारण धुलो, धुवाँ अनी समय । बुटवल - नारायणगढको सडक खण्ड बढाउने ठेक्का चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसनले २०७५ माघ २४ मा पाएको थियो र सम्झौता मितिबाट ४२ महिनाभित्र आर्थात २०७९ साउन २२ मा सक्नुपर्ने गरी सम्झौता भएको थियो । यो माघ मसान्तसम्म सडकको कार्य प्रगति ११ प्रतिशतमात्र पूरा भएको छ । नेपाल सरकारले १७ अर्ब रुपैयाँमा ठेक्का दिएको राजमार्ग निर्माणका काम ठेकेदारले धुलो र खाल्डाखुल्डीरहित र यदि भएमा पानी हाल्ने शर्त भएतापनी त्यसरी काम भने गरेको छैन । समयमा काम नसक्ने देखिए पछी कम्पनिले सरकार संग २ बर्ष समय थप गर्नका निम्ति पत्र समेत पठाएको छ । दिनहु लगभग ५ हजार बिध्यर्थी स्कूल कलेज पढ़न ओहोरदोहोर गर्ने बाटो सधैं धुलाम्मे हुने हुँदा सास्ती भोग्नु परेको गुनासो पोखेका छन। यति सम्म खराब अवस्था हुँदा पनी स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकार चुप बसिरहेको हुँदा सर्वसाधारणले झन सास्ती भोग्नु परेको स्थानीयको भनाइ छ ।
धुलै धुलो नारायणगढ - बुटवल सडकखण्ड , होलि पर्व पनि फिक्का