१८ भदौ, बाँके। जिल्लामा आज थप २४ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । उनी हरु जिल्लाका विभिन्न आसोलेसनबाट डिष्चार्ज भएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । श्रेष्ठ अनुसार बिहिवार डिष्चार्ज हुनेमा नेपाली सेनाको कौशिलानगर तालिम केन्द्र आइसोलेसनबाट १७ जना सेना, कृषि तालिम केन्द्र-खजुरा आइसोलेसनबाट ५ जना, होटल इन्द्रेणीबाट १ जना र लायन्स डेण्टल आइसोलेसनबाट १ जना गरि कुल २४ जना कोरोना जितेर घर फर्किएका हुन । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७८३ पुगेको छ भने अब आइसोलेसनमा ३०६ जना छन
बाँकेमा १७ सेना सहित थप २४ जना डिष्चार्ज