कावासोती ,माघ ७ । कावासोती नगरपालिका वडा न ३ मा आयोजित भानु खुल्ला फुटबल प्रतियोगिताको उपाधी सेन्ट्रल कलेज अठ्ठाइस विगाहा युवा क्लबले हात पारेको छ।आज कावासोती ३ मा रहेको शितल चौरमा सम्पन्न भएको फाइनल खेलमा नमुना युवा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेन्ट्रल कलेज अठ्ठाइस विगाहा युवा क्लबले उपाधी माथी कब्जा जमाएको छ।
पहिलो हाफमा १-० ले अगाडि रहेको सेन्ट्रल कलेजले दोस्रो हाफमा थप दुई गोल गर्दै खेलमा ३-१ ले नतिजा आफ्नो पक्षमा पार्न सफल रहेको हो।सेन्ट्रलका लागि मान बहादुर पाटा मगरले व्यक्तिगत दुई गोल गरेका थिए।नमुना युवा क्लबले थप गरिएको ३ मिनेट समयमा एक मात्रै सान्त्वना गोल गर्न सफल रह्यो।आजको खेलका म्यान अफ द म्याच सेन्ट्रलका लागि एक गोल समेत गरेका जर्सी नम्बर १५ का युम्मि चयन भए।प्रतियोगिता अबधिभर १० गोल गरेका सेन्ट्रल कलेज अठ्ठाइस विगाहाका मान बहादुर पाटा मगर सर्वाधिक गोलकर्ताका रुपमा गोल्डेन बुट हासिल गर्न सफल भए ।प्रतियोगिता अबधिभर उत्कृष्ट प्रदर्शन गर्न सफल नमुना युवा क्लबका रोशन गाहा मगर म्यान अफ द टुर्नामेन्ट घोसित भए ।हाइ स्कोरर र म्यान अफ द टुर्नामेन्टले ट्रफी सहित २ हजार नगद प्राप्त गरेका छन।
प्रतियोगिताको फाइनल खेलको प्रमुख अतिथी रहेका समाजसेवी नेपाली काङ्रेस क्षेत्र न २ क प्रदेश सभापति रामचन्द्र भण्डारीले विजयी टिमलाइ बधाइ दिदै उपविजेता टिमलाइ पनि थप मिहेनत गरेर आगामी दिनमा विजेता बन्न उत्प्रेरित गर्दै आयोजकलाइ धन्यवाद ज्ञापन गरेका थिए।कार्यक्रमका विशेष अतिथी सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका प्रीन्सिपन यज्ञ विलास पौडलले सेन्ट्रल कलेजले सामाजिक तथा खेल गतिविधिमा सक्दो सहयोग गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिने भन्दै कार्यक्रम आयोजना गरि आफुहरु सङ्ग सहकार्य गरेकोमा आयोजकलाइ धन्यवाद दिएका थिए।
प्रतियोगिताका विजयी टिमले नगद रु ७५ हजार सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता टिमले नगद ४० हजार सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए।भानु युथ एकेडेमीका सचिव नवीन गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रमका अध्यक्षता ग्रहण गरेका भानु युथ एकेडेमीका अध्यक्ष शुक बहादुर गुरुङले प्रतियोगितामा सहभागी टिम ,सहयोगीहरु तथा अतिथिहरुलाइ धन्यवाद ज्ञापन गरेका थिए।प्रतियोगिताको फाइनलमा विशेष अतिथिका रुपमा जिल्ला फुटबल संघका अध्यक्ष सेतमान पुन ,अतिथिका रुपमा समाजसेवी मिनराशी गुरुङ ,सफल निर्माण व्यबसायी कृष्ण प्रसाद शर्मा,शम्भु अधिकारी ,कर्ण बहादुर गुरुङ ,थम बहादुर गुरुङ ,बुद राम तामाङ्ग,श्याम पुन, हेमा लामा,नन्दु रिजाल,सेन्ट्रल कलेजका उपप्राधानाध्यापक ऋषि भण्डारी लगायतको उपस्थिति रहेको थियो।
भानु खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी सेन्ट्रल कलेज अठ्ठाइस विगाहालाइ