उर्मिला यादव, नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ११ जमुवाडमा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भुमही-परासी सडक खण्ड अन्तर्गत परासीबाट भुमही तर्फ जाँदै गरेको ना २ क २०९ नम्बरको हुलास कम्पनीको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु ४५ प ८७४१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का २५ वर्षीय सुरेश चौधरीको रहेका छन् भने मोटर साइकल पछाडि सवार पाल्हिनन्दन गाउपालिका-४ बस्ने १९ वर्षीया प्रिती चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते प्रिती चौधरीको लुम्बिनी नर्सिंग होम रुपन्देहीमा उपचार भैरहेको छ भने ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।