कावासोती।कावासोती शितल चौरमा जारी खुल्ला नक आउट प्रतियोगितामा हिजो भएको खेलमा आयोजक क्ल्ब भानु युथ एकेडेमीले सयपत्री युवा क्लब सात घरेलाइ २-० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।विजयी टिमका लागि नवीन गाहा मगर र अभिशेक महतोले एक एक गोल गर्न सफल भएका थिए।खेल अबधिमा राम्रो प्रदर्शन गरेका अजित लामा खेलको म्यान अफ द म्याचका रुपमा चुनिएका छन।उनले म्यान अफ द म्याचको ट्रफी हात पारेका छन।
जारी प्रतियोगिता अनतर्गत आज बाट दुई खेल हुने आयोजकले जनाएको छ।कोरोना महामारी फैलिदै गैरहेको अबस्थामा प्रतियोगिता छिटो सम्पन्न गर्न दैनिक दुई खेल खेलाउन लागिएको आयोजक क्लबका अध्यक्ष शुक बहादुर गुरुङले बताए।प्रतियोगिता अनतर्गत आजका खेलहरुमा पहिलो खेल सेन्ट्रल २८ बिगाहा क्लब र बुद्द युवा क्लब देवदहका बिचमा हुनेछ भने दोस्रो खेल सनराइज फुटबल क्लब डण्डाका विरुद्ध मा प्रगती कला क्लब दलदलेको बिचमा हुने भानु युथ एकेडेमीका सचिव नवीन गुरुङले जानकारी दिएका छ्न।
भानु नकआउट फुटबल: आयोजक टिमको विजयी सुरुवात,आजबाट दैनीक दुई खेल हुने