इमरान खान - सुनसरी : नेपाली कांग्रेस सुनसरीको १४ औँ महाधिवेशनबाट नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्यमा अत्यधिक मत सहित सहजादी प्रविन (आलम) विजयी हुनु भएकी छिन । सहजादी प्रविन (आलम) निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । मुस्लिम महिला नेतृत्व सहजादी प्रविन (आलम) ले सबै भन्दा धेरै र लोकप्रिय मत पाएको सुनसरी कांग्रेसका नेता कार्यकर्ताहरुले जनाएका छन । कांग्रेसको १४ औँ महाधिवेशनमा मुस्लिम महिलाहरुले कब्जा जमाइरहेको बेला सुनसरीमा पनि मुस्लिम महिला नेतृत्व सहजादी प्रविन (आलम) ले राम्रो मत पाएर सुनसरी जिल्लाको जिल्ला कार्य समिति सदस्य पदमा निर्वाचित हुनुभएकी छिन ।
लोकप्रिय मतसहित सहजादि सुनसरी कांग्रेस जिल्ला कार्य समिति सदस्यमा विजयी