भदौ१७, कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व)को कावासोतीमा जंगल बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन् । कावासोती १७ का ३२ बर्षिय दिल माया ठकुरी र उनका ससुरा ६६ बर्षिय विष्णु बहादुर ठकुरीलाई आफ्नै बारीमा घाँस काट्ने क्रममा (मंगलबार) दिउँसो ३ बजे जंगली बँदेलले आक्रमण गरेको प्रहरीले जनाएको छ । बँदेलको आक्रमणबाट दिलमायाको शरिरको बिभिन्न भागमा चोट लागेको अवस्था गम्भिर रहेको जनाइएको छ । यस्तै बिष्णु बहादुरको देब्रे हातमा चोट लागेर घाइते भएका छन् । दुबै जनाको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार पछि थप उपचारका लागी पुरानो मेडिकल कलेज भरतपुर चितवनमा पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वका सुचना अधिकृत प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिए।
कावासोतीमा जंगली बँदेलको आक्रमणबाट २ जना गम्भिर घाइते