तनहुँ ।नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीले गृह जिल्ला तनहुँमा रहेका आफ्ना समर्थकलाई पार्टीको १४ औँ महाधिवेशनमा भाग नलिन आव्हान गरेका छन्। नेता जोशीले पार्टीको १४ औँ महाधिवेशनमा सक्रिय नेता तथा कार्यकर्तालाइ क्रियाशील सदस्यताबाट वञ्चित गरेको भन्दै नेतृत्व संग रूष्ट छन्। पार्टीका निष्ठावान र आजिबन सक्रिय कार्यकर्तालाई सहभागी हुन बन्देज गर्ने नियत सहितको महाधिवेशन हुन लागेको भन्दै निन्दा गरेका छन्। आफूलगायत पूर्वसांसद उर्मिला थापा, महासमिति सदस्य बालकुमारी लोहनी, गोपालप्रसाद भण्डारी, नुरचन्द्र वाग्ले, ऋषिराम पोखरेल, रामबहादुर घिमिरे, केशरबहादुर गुरूङ, हरिशरण पण्डित, ज्ञानराज थापा, रामदेव पन्थ, सोलबहादुर मगर, गणेशबहादुर खत्री, रामबहादुर ढुंगाना, विमलराज जोशी, रूद्रनाथ पौडेल, विष्णुप्रसाद पोखरेल, जितु गुरूङ, नवराज श्रेष्ठलगायतले क्रियाशील सदस्यता नै नपाएको जोशीले बताएका छन्। गत संघको निर्वाचनमा पार्टीका उम्मेदवार विरूद्व उम्मेदवार दिएको कारण पार्टीको केन्द्रीय अनुसार समितिले जोशीलाई ५ वर्षसम्म पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको थियो।कार्वाही गरेको प्रति जिल्लाका अधिकांश नेता तथा कार्यकर्ताले पार्टी नेतृत्वले जोशीलाई अन्याय गरेको बताउदै आइरहेका छन्।कार्वाही भए लगत्तै जोशी निकट जिल्लाका नेता तथा कार्यकर्ताले दुइ हजार भन्दा बढीको हस्ताक्षर गरेर जोशीको कार्वाही फिर्ता लिनुपर्न भन्दै केन्द्रीय कार्यसमितिमा समेत पत्र बुझाएका थिए।
तनहुँका आफ्ना समर्थकलाई जोशीको आव्हान:पार्टीको १४ औँ महाधिवेशनमा भाग नलिनु