अविरल बर्षाका कारण कावासोती नगरपालीकाका विभिन्न वडाहरू डुवानमा परेका छन् । नगरपालिकाको बडा नं. ४ मा निर्माणधिन पुल भत्कीएको छ भने कावासोती खानेपानीको मुख्य खानेपानी पाईपलाई वगाईदिएको छ । केरुङ्गे खोलामा बाढि आउदा कावासोती वडा नं. १ खोलाबाट गाडेर ल्याईएको कावासोति खानेपानीको पाईप बगाएको हो । महाराजा स्कुल हात्तीखोर नजिक केरुङ्गे खेलामा खानेपानीको पाईप बगाएको कावासोति खानेपानी तथा सरसफाइ उपभाेक्ता सस्थाका अध्यक्ष भिम कंडलले जानकारी दिनु भयाे । पाईपलाईन बगाए सगै कावासोति नगरपालिकाका वडा नम्बर ५ र ६ मा खानेपानी अवरुद्ध भएको छ । यस्तै बर्षाका कारण कावासोति नगरपालिकाको वडा न २,३, ४, १५ र १७ नम्बरका वडाहरु डुवानमा परेको नगरपालिकाका उप प्रमुख प्रेम शंकर मर्दनियाले जानकारी दिनुभयो । नारायणी नदि र केरुङ्गे खोलामा बाढि आएकाले सतर्क रहन अनुरोध गरिएकाे छ । अविरल बर्षाका कारण कावासोतिको मुख्य राजमार्गहरुबाट पानी वग्दा सडकनै खोला जस्तो देखिएको छ ।
कावासोतीका विभिन्न वडाहरुमा पस्यो बाढी,कावासोती उच्च जोखिममा