सतिश राई, बाघखोर । पुर्वि नवलपरासीको मध्यविन्दु -५ बाघखोरमा रहेको सेतापानी खानेपानी आयोजनाको २ कोठे भवन आज शिलन्यास गरिएको छ । करिव १० बर्ष देखि खानेपानी वितरण गरेको भएतापनी आज बल्ल भवन शिलन्यास गरिएको हो । खानेपानी डिभिजन कार्यालय तनहु बाट बिनियोजित रु.१४ लाख ६ सय रकम बाट भवन निर्माण गर्न लागिएको हो । लामो समयदेखि उपभोक्ता लाई स्वच्छ पानी दिदै आएता पनी आफ्नो अफिस नभएको हुदा कोठा भाडामा लिएर अफिस सन्चालन गर्दै आएकोमा आज आफ्नै भवनको शिलन्यास गर्न पाउदा अत्यन्त हर्षित भएको सस्थाको अध्यक्ष उदयराज अर्यालले बताए। कार्यक्रम मा खानेपानी डिभीजन कार्यालय का ईन्जीनिएर महेन्द्र आचार्य, वडाध्यक्ष नमकान्त पाठक, वडा सदस्यहरु तथा स्थानिय भद्र भलादमी ,समाजसेवीहरुको उपस्थित रहेको थियो ।
सेतापानी खानेपानी आयोजनाको २ कोठे भवन शिलन्यास