रंजीत शर्मा/ नवलपरासी/ ३ असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वार्ड नं ०२ का ७० घरधुरि बाढी पीडितलाई युवा सचेतना संस्था नवलपरासीद्धारा घरघरमा पुगेर राहत सामाग्री बितरण गरिएको छ । रामग्राम नगपालिका वार्ड नं २ का वडा अध्यक्ष चन्द्रिका अग्रहरी र युवा सचेतना संस्था नवलपरासीका अध्यक्ष ईमामुल अलीकाे उपस्थितिमा रामग्राम २ का विस्थापित घरहरुमा पुगेर राहत सामाग्री वितरण गरिएको छ । काेराेना महामारीको कारण पछिल्लो समयदेखि ज्यालादारी गरेर एक छाक टार्दै अाईरहेका ती गरिब तथा विपन्न घरपरिवारहरुलाई लकडाउनका कारण एक छाक टार्न कठिन भएको र तिनदिनकाे अबिरल वर्ष पछि अाएकाे बाडिले घर विस्थापित भएको विषम अवस्थामा युवा सचेतना संस्था नवलपरासीले विस्थापित घरघरमा पुगेर राहत बितरण गरेको छ । अविरल वर्षले गर्दा नवलपरासी जिल्ला विभिन्न स्थानहरु बाडिले जलमग्न भएको छ । बाडिले घरसमेत बिस्थापित भएको विषम अवस्थामा खानबस्नलाई कठिन भएको छ । याे अवस्थामा अाम जनसमुदायलाई सहयोग गर्ने उदेश्यले युवा सचेतना संस्था नवलपरासीले रामग्राम नगरपालिका वडा नम्बर २ मा राहत सामाग्री वितरण गरेको संस्थाका अध्यक्ष अलीले बताए । उहाँले काेराेना सग्ग सगै अबिरल वर्षले देशको विभिन्न स्थानमा घर सहित धनजनको क्षतिगरेकाे अवस्थामा बाडिबाट प्रभावित घरपरिवारहरुलाई राहत सामाग्री वितरण गरिएको बताउदै नवलपरासी जिल्लाका जुनसुकै गाउँबस्तिमा राहतकाे अाश्वक्ता भएको खण्डमा र विस्थापित भएको क्षेत्रमा सधै संस्थाले सहयोग गर्ने बताउनुभयाे । रामग्राम वडा नम्बर २ का ७० घरधुरीलाए चिउरा,चाउचाउ,दालमोट लगाएकाे राहत साकाग्रि बितरण गरिएको हाे । सामाग्री वितरण वडा सदस्य धिरज हलुवाई ,संस्थाका सल्लाहकार सुधिर चोैधरी ,समाज सेवी ईरफान पठान , धिरज अधिकारी, जितेन्द्र गुप्ता लगाएत संस्थाका पदाधिकारीहरुकाे उपस्थितिमा वितरण गरिएको हाे ।
युवा सचेतना संस्थाद्वारा ७० घरधुरीमा राहत बितरण