काठमाण्डाै – कोरोना भाइरसको विभिन्न स्वरूप देखिने क्रममा भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण भएको नयाँ भेरियन्टकाे पुष्टि भएको हो । नयाँ पुष्टि भएको भरियन्टको नाम ए वाइ वान (डेल्टा प्लस) राखिएको छ । डेल्टा प्लस भेरियन्ट डेल्टाको म्युटेशन हो । कोरोनाको दोस्रो लहरको समयमा भारतमा डेल्टा भेरियन्टको सङ्क्रमण पुष्टि भएको थियो । यो भेरियन्ट भारतको आन्ध्र प्रदेश, महाराष्ट्र, तेलङ्गनालगायतका ठाउँमा पुष्टि भएको छ । नया भेरिएन्ट बढी संक्रामक नरहेको तर सचेत र साबधान रहनुपर्ने विज्ञहरुले बताएका छन।
भारतमा 'ए वाइ वान' नामक कोरोना भाइरसको नया भेरियन्ट देखिएको पुस्टि