वुद्द जयन्तीको अवसर पारेर एनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत एनआरएनए कङ्गोको आर्थिक सहयोग र लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बी टू एरिया ४, रिजन ४० र जोन ८० अन्तर्गत रहेको लायन्स कल्ब अफ नवलपरासी दाउन्नेको ब्याबस्थापनमा चिसापानी अस्पतालको आइसोलेसेन सेन्टर लाई ७० थान रिफिल अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ ।
सोही अवसरमा कल्बका सदस्यहरु बाट ब्यक्तिगत संकलन गरिएको रकम बाट सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तालाई ५० थान रिफिल अक्सिजन सिलिन्डर सहयोग समेत गरिएको छ । चिसापानी आइसुलेसन हस्पिटलमा कल्ब अध्यक्ष लायन राम चन्द्र अधिकारी एवं NRNA कंङ्गो का अध्यक्ष अमृत क्षेत्रीका बुवा द्वारा बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष युवा ब्यावसायी लेखनाथ न्यौपाने लाई हस्तान्तरण गरिएको थियो भने उक्त कार्यक्रममा बजार ब्यवस्थापन समिती बर्दघाट,पंचनगर र जिमिरेभार का अध्यक्षहरु क्रमश: तारा गौतम ,रामजी चापागाई,र चिरञ्जीवी सुबेदि , बिरामीको उपचारमा दिन रात खट्नु हुने डा शान्ती के.सि. लायन्स क्लबका Elected President लायन तिलक खनाल लगाएतको उपस्थिति थियो ।
कार्यक्रममा लायन तिलक खनालले कार्यक्रमबारे जानकारी गराउनु भएको थियो भने बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले कल्ब परिवार प्रती आभार व्यक्त गर्नु भएको थियो। सहिद स्मृति अस्पताल चौपत्तामा कल्ब अध्यक्ष रामचन्द्र अधिकारिले अस्पताल अध्यक्ष निमानन्द न्यौपानेलाई जि ५० थान सिलिन्डर हस्तान्तरण गर्नु भएको थियो ।सो ग्रहण गर्दै अध्यक्षले कल्बलाई धन्यवाद दिनु भएको थियो आभार सहित उक्त कार्यक्रममा ब्यवस्थापक टिकाराम लुइटेलको समेत उपस्थिति रहेको थियो दुबै कार्यक्रमको अध्यक्षता कल्ब अध्यक्ष लायन रामचन्द्र अधिकार ज्यूको र संचालन सचिव भिम सुवेदीको रहेको थियो ।
लायन्स क्लब अफ नवलपरासीको व्यवस्थापनमा १५० रिफिल अक्सिजन सिलिन्डर हस्तान्तरण