२० बैशाख, बाँके । आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महासंघ अनुसार पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना छ ।
‘सोमबार दिउँसो देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ’ महाशाखाको मौसमी बुलेटिनमा भनिएको छ, ‘देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।’
देशको प्रदेश १, प्रदेश २ तथा पहाडी भूभागका केहि स्थानहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहेको छ ।
यस्तो छ आगामी तीन दिनको पूर्वानुमान
बैशाख २० गते (सोमबार)
देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
बैशाख २१ गते (मंगलबार)
देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बैशाख २२ गते (बुधबार)
देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा तथा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।