उत्तम कुमार थापा ,दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ का वडा सदस्य सुमन वडले इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा ४ः३० बजे फोन गरेर भने, हसिया प्रहार गरि एक जना गम्भीर घाइते भएका छन्, अवस्था खतरा छ । छिट्टै अस्पताल लिनुपर्ने छ घाइतेलाई । हसियाँ प्रहार गरि पूरै गर्धन छिनाल्ने गरि प्रहार भएको छ । यो खबर सुनेका थिए, प्रहरी निरीक्षक खगेन्द्र साउँदले । त्यहि दिन इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक साउँद र अन्य दुईजना घट्नास्थल पुगेर फर्किए । लगत्तै इप्रका गोकुलेश्वर गाडी लिएर प्रहरी निरीक्षक साउँद घट्नास्थल हानिए । तर बाटोमा पहिरो गएको रहेछ, गाडी माथि जान सकेन् । थप जीप खोजेर साउँद घट्नास्थल पुगे । घाईतेलाई हतार हतार गाडीमा राखेर गोकुलेश्वर पठाए । घट्नास्थल हेरे । त्यहाँ दिउँसो ३ बजे घट्ना घटेको रहेछ । स्थानीय व्यापारी रहेका शैल्यशिखर २ का ३४ वर्षीय गंगादत्त भट्ट भनिने गोविन्द भट्टले सोहि ठाउँ बस्ने ४५ वर्षीय शेर बहादुर चन्दलाई धारिलो हसियाँ प्रहार गरेका थिए । मदिराको पसल सञ्चालन गरेका भट्ट खसी बाख्रा पनि काट्ने गर्थे । खसी काट्ने हसियाँ नै चन्दको घाटि र टाउँकोमा प्रहार गरे । प्रहरीलाई डेढ घण्टा ढिलो गरि घट्नाबारे जानकारी आएको थियो । घट्नास्थल पुग्दासम्म झन ढिलाई हुन गयो । घट्नास्थलमा दुई जना प्रत्यक्षदर्शी रहेछन्, जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदम बहादुर विष्टले भने, प्रत्यक्षदर्शी एक जना बृद्ध छन्, । खसी काट्ने हसिँयाले गर्धनमा हिर्काएपछि उनी त्यहि ढले । प्रत्यक्षदर्शी पनि रुदै भागे । गाउँमा खबर भयो । वडा सदस्य वडले प्रहरीलाई खबर गर्नुपर्छ भनेपछि मात्रै यो खबर बाहिरियो । घट्नास्थलमा घाईते भएका चन्दलाई तत्काल अस्पताल पठाएपनि अस्पताल पुग्दा मृत घोषित भएका थिए । प्रहरीले पूरै वडा तथा, जोडिएका स्थानीय तह, र छिमेकी जिल्ला बैतडी बझाङसम्मको नाकामा निगरानी गर्न प्रहरीलाई सञ्चार गर्यो । फरार रहेका भट्ट खोज्न इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खगेन्द्र साउँद, नौगाड गाउँपालिका प्रहरी चौकीका असई भुवन चन्द र इलाका प्रहरी कार्यालय लटिनाथका प्रहरी निरीक्षक कमल विष्टको टोली खटियो । त्यो बाहेक सबै क्षेत्रका प्रहरी चौकीलाई हाइ अलर्टमा राखियो । भट्टले चमेलिया नदी पार गरेर भारत पस्न नपाओस् भन्नको लागि सबैतिर सुरक्षाकर्मीको सतर्कता बढायौं जिल्ला प्रहरी कार्यालय दार्चुलामा पत्रकार सम्मेलन गर्दै डिएसपी विष्टले बताए । प्रहरीले घट्नास्थल पुगेदेखि नै पूरै वडाभरीको वस्तीमा निगरानी बढायो । मकै बारी, घर तथा गोठहरुमा निगरानी गर्यो । रातभर त्यहि वस्तीमा बसेर प्रहरीले भट्टको खोजी गरेपनि उनी त्यहाँ फेला पर्न सकेनन् । घट्नाको प्रत्यक्ष निगरानी गरेका इप्रका गोकुलेश्वरका प्रहरी निरीक्षक साउँदले जिल्ला प्रहरी प्रमुख डिएसपी पदमबहादुर विष्टलाई फोन गर्दै भने, सर म यो हत्यारा नसमातेर यहाँबाट फर्किदैन्, महिनौ दिन लागेपनि यहि क्षेत्रबाट नियन्त्रणमा लिएर आउँछु । रातभरी गाउँभरी, तथा भट्ट जान सक्ने सम्भावित ठाउँहरुमा खोजी गरेपनि भेटिएनन् । तै पनि प्रहरी थाकेन । स्थानीयस्तरमा सुराकी परिचालन गरि गाउँभन्दा माथिको जंगल छेउ गएको हुने सक्ने भन्दै प्रहरीको अनुसन्धान र खोजी कार्य त्यसतर्फ केन्द्रीत भयो । शुक्रबार बिहान १०ः१५ बजेको समयमा गाउँभन्दा ३,४ घण्टा माथि पर्ने तारुली जंगलबाट भागिरहेको अवस्थामा प्रहरीले भट्टलाई नियन्त्रणमा लिन सफल भयो । प्रहरीले आरोपित भट्टलाई नियन्त्रणमा लिएर मुद्धा दर्ता गराएको छ । उनीविरुद्ध जघन्य अपराध अन्तर्गत नै मुद्धा दर्ता गरिएको छ । हामी जघन्य अपराध अन्तर्गत बढिभन्दा बढि माग दाबीसहित मुद्धा लिन्छौ, बाकी त अदालतले गर्ने हो फैसला डिएसपी विष्टले बताए ।
प्रहरीकाे स्ट्रींग अपरेसन सफल, हत्या आरोपित पक्राउ