नवलपुर,भदौ १५। "बिहानीको झुल्के घाम पूर्व दिशाको हाँसीराख सोल्टिनी किन रिसाको" यहि गीतको हरफसँगै नवलपुरका जुम्ल्याहा दिदिबहिनी एलिना र एलिसा केसीले म्युजिक भिडियोमा डेव्यु गरेका छन् । पछिल्लो समय नेपाली सांगितिक क्षेत्रमा "ट्विन्स" को आगमन भैरहँदा नवलपुरबाट पनि म्युजिक भिडियोमा ट्विन्सको कलाकारिता पर्दामा उतारिएको छ। गायक कृष्ण केसी र गायिका सीता केसीको आवाजमा रहेको गीत "किन रिसाको"लाई सुरेश सुन्दासले लेखेका हुन । गीतलाई चित्र बहादुर आचार्यले संगीतवद्द गरेका छन् । चर्चित गीत ओए भन्यो मायाले झ्यालबाटका गायक हरि गिरि बिमर्सीको निर्माण रहेको सो गीतमा गणेश भण्डारी"जेरी"ले निर्देशन गरेका छन् । प्रिज्म रेकर्डिङ स्टुडियो काठमाडौंमा रेकर्डिङ गरिएको गीतमा श्यामश्वेत रसाईलीले मिक्सिङ्ग गरेका छन् भने कृष्ण केसीले गीतमा एरेन्जको काम गरेका छन् । गीतलाई गायक बिमर्शीको अफिसियल युट्युब च्यानल Hari Giri Bimarshi मार्फत सार्वजनिक गरिएको छ। म्युजिक भिडियोमा अभिनय गर्ने जुम्ल्याहा दिदिबहिनी मध्ये एलिना सञ्चारकर्मी हुन भने एलिसाको ब्यवसाय समेत रहेको छ।भिडियो हेर्न तलको लिन्कमा जानुुुुहोला।
देवचुलिको ट्विन्स गर्लको 'किन रिसाको' युटुबमा सार्वजनिक