रमेश प्रसाईको पहिलो गीत 'रिङ्कीबुङको राँगोलाई' सार्बजनिक भएको छ । गीतमा सिके श्रेष्ठको शब्द तथा संगीत साथै बिपिन आचार्यको संगीत संयोजन रहेको छ । यो गीत पहिले सुरेश गन्धर्वले गएका थिए । दिपक आचार्यले निर्देशन गरेको गीतको भिडियोमा शंकर आचार्य, कमलमणि नेपाल, दिपक आचार्य, मधुसुदन पाठक, सुबोध गौतम, रामभजन कामत, पवन खतिवडा, सुमिन गुरुङ, धर्म गन्धर्व, पोशन घर्ति मगर, धन बहादुर गुरुङ, रेणु चौधरी, बज्र सिंह लामा लगायतको अभिनय रहेको छ । अर्जुन तिवारीले छायांकन गरेको भिडियोको सम्पादन चन्दन दत्तले गरेका हुन् ।
Link:- https://youtu.be/1tGwpQflegA