गैँडाकोटमा भोली मंगलबारदेखी लागु हुनेगरि विद्यालयमा पठनपाठन बन्द गरिएको छ । आज बसेको शिक्षा समितिको बैठकले भोलीदेखी लागु हुनेगरि पठनपाठन बन्द गरेको हो । कोरोना संक्रमणको दर वढिरहेको र सरकारले शिक्षण संस्था सञ्चालनमा रोक लागाएको अवस्थामा गैँडाकोटमा पनि बन्द गरिएको हो । तत्कालका लागि यहि वैशाख १४ गते मंगलबारदेखी वैशाख २८ गतेसम्म १५ दिनका लागि शिक्षण संस्थामा भौतीक उपस्थित सहितको पठनपाठनमा रोक लगाईएको गैँडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख बालकृष्ण चापागाईले जानकारी दिनुभयो । बालबालिकालाई शिक्षण सिकाई क्रियाकलाप घरमा नै राखेर गर्न गराउन सम्बन्धित विद्यालय तथा अभिभावकहरुलाई उहाँले आग्रह गर्नुभयो ।
गैंडाकोट गैँडाकोटमा भोलीदेखी पठनपाठन बन्द