काठमाण्डौ -पूर्वराजा ज्ञानेन्द्र शाह र उहांकी पत्नी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किनुभएका उहांहरुले कोरोना संक्रमण परीक्षण गराउनुभएको थियो । उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।