करिब १० वर्षसम्म बर्दियाको घना जङ्गलमा आफैँ सिकार गरेर विचरण गरेको पाटेबाघ सदर चिडियाखानाको रेडिमेड’ मासुमा चाँडै रमाउन थालेको छ ।
चिडियाघरको पाहुना रमाउन थालेपछि संरक्षणकर्मीमा पनि सन्तोष बढेको छ । गैँडा गणनामा संलग्न हात्ती माउते पुलिसराम चौधरीको ज्यान लिएपछि बेहोश गरेर यहाँ ल्याइएको यो बाघ सदर चिडियाखानामा बस्न थालेको एक साता पुगेको छ ।
बर्दियाबाट सडकमार्ग हुँदै ललितपुर जावलाखेल स्थित सदरचिडियाखाना पुथभलसयाएकै दिन भोको पेटमा तीन केजी मासु मजाले खाएको बाघले जङ्गलमा भुत्लासहित खाएको सिकार जस्तै मीठो स्वाद मानेर खाला भन्ने चिडियाखानाका कर्मचारीलाई विश्वास लागेको थिएन ।
तर, यो बाघले जङ्गली सिकार र रेडिमेड’ सिकारमा गन्ध थाहा नपाएझैँ गरेर खाएको देखेपछि कर्मचारी पनि अचम्ममा परेका छन् ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।