३१ चैत्र, बाँके । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
आफ्नै ३२ वर्षीया श्रीमती लक्ष्मी बिसीको कुटपिट गरी हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका-३ उत्तरलधौराका ४२ वर्षीय चक्र बहादुर बुढालाई सोमबार साँझ बाँके प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवाद कारण श्रीमान चक्र बहादुरले लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएकी लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न श्रीमानलाई पक्राउ गरेको हो ।