चितवन–चितवनको राप्ती नगरपालिका–११ मा मजदुर बोकेको ट्र्याक्टर पल्टिँदा पाँच जनाको मृत्यु भएको छ ।
१९ जना घाइते भएका छन् ।थाकलटार बाट चिउँडेखोला तर्फ जांदै गरेको ना १ त ६२८२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर चिउँडेखोलामा पल्टिँएको थियो । दुर्घटनामा परि राप्ती नगरपालिका–५ का ३५ वर्षका खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षका सीताराम श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु भएका अन्दाजी २५ वर्षका युवकको भने परिचय खुलेको छैन । प्रहरीका अनुसार घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ ।
घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।