राज कुमार चमार
२९ चैत्र, कपिलवस्तु ।“शुद्धोधन गाउँपालिकाको प्रतिबद्धता सम्पूर्ण बालबालिकाहरूमा खोप सुनिश्चितता, शुद्धोधनको पहिचान पूर्ण खोप हाम्रो अभियान “भन्ने मुलनाराका साथ शुद्धोधन गाउँपालिका ४ लाई वडापूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । सबै खोप लगाउने उमेरका बालबालिकाले समयमै खोप लगाएको र अब जन्मने बालबालिकाले पनि खोप पाउने निश्चित भएसँगै शुद्धोधन गाउँपालिका गाउँकार्यपालिका नन्दनगर स्वास्थ्य चौकी ४ बिठुवाले पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
शुद्धोधन गाउँपालिका वडा नम्बर ४ का बालबालिकाहरु समयमै खोप सम्पूर्ण खोप पाइसकेकोले ४ नम्बर वडा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको यस वडाका स्वास्थ्य प्रमुख डा. तौवाब अलि मुसलमानले बताएका छन् ।
उनले थपे,”संघीय नेपालको लुम्बिनी प्रदेश अन्तरगतको ऐतिहासिक अरौराकोट, लुम्बिनी र तिलौराकोटको बीचमा पर्ने प्राकृतिक स्रोत र साधनको धनि यस शुद्धोधन गाउपालिका भुभाग रहेको छ । नेपाल सरकारको संविधान २०७२ को धारा ३५ को मर्मअनुसार जनताले सबै आधारभूत सेवा निःशुल्क पाउनेछन् । भन्ने अंगिकृत गरेको छ । सो अनुसार यस वडा अन्तरगतको सबै आधारभूत सेवा प्रदान गर्ने लक्ष्य अनुरुप बिठुवा स्वास्थ्य चौकी वडा नम्बर ४ निरन्तर अगाडि बढी युद्धस्तरमा काम गरिरहेको छ ।”
यस स्वास्थ्य चौकी अन्तरगत ५ वटा खोप सेन्टर मार्फत खोप सेवा प्रदान गरिदै आएका छन् । जस मध्ये स्वास्थ्य संस्थामा सेन्टर हुने ठाउँमा मात्रै भवन रहेको बाँकी ४ स्थानहरूमा खोप भवन निर्माण एकदमै अवस्यक रहेको छ । सो आउँदो आ.ब.मा ब्यवस्थापन हुन्छ । स्वास्थ्यकर्मी दरबन्दी अनुसार पूरा रहेको ता पनि कोभिड १९ को प्रकोपको कारणले खोप सेवा प्रदान गर्न सुरक्षा सावधानीका प्रक्रिया आपनाई सेवा अटुट रुपले प्रवाह गरिएको छ । लाईन लिष्टिङ्ग गर्दै ० देखि २३ महिनाको बच्चा तथा ५ वर्ष मुनिको सम्पूर्ण बालबालिकाहरु मध्ये शून्य डोजको कोही नरहेको र ५ वर्ष भित्रको बच्चा तथा बालबालिकाहरुको तपसील अनुसारको विवरण यस प्रकार छ ।
– ० देखि १५ महिनाका हाल सेवा पाइरहेका कुल जम्मा बच्चा संख्या = २४५ जना रहेका छन सबै जना सेवामा निरन्तर रहेको ।
– १६ देखि २३ महिनाका हाल सेवा पाइरहेका कुल जम्मा बच्चा संख्या = १५८ जना ।
अब जन्मने बालबालिकाले पनि खोप समयमै पाउने व्यवस्था भइसकेकोले घोषणा गरेका हौं ।
उक्त कार्यक्रमका प्रमुख अतिथि निसार अहमद खाँ शुद्धाेधन गाउँपालिका अध्यक्ष, बिशिस्ट अतिथि असफाक अहमद खाँ स्वास्थ्य संयोजक, अध्यक्ष राम नरेश यादव वडा नं.४, अतिथि नन्दनगर स्वास्थ्य शाखा प्रमुख डा रविशंकर आचार्य, हथिहवा स्वास्थ्य शाखा प्रमुख डा. रामकुमार तेली, वडा सदस्य शिवपुजन भुज, सदस्य धर्मराज यादव, सदस्य राजकुमार चाई, कन्या सेक्सन विद्यालयको प्राध्यनाध्यायपक कल्पना पौडेल, तारा सुबेदी, जनकल्याण युवा क्लबको सचिव धर्मेन्द्र कुमार पासी, जनकल्याण युवा क्लबका वडा सचिव, दुर्गाप्रसाद सहानी, जनसमुदाय लगायतको पस्थिति थियोे ।