काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन गर्नुभएको छ ।भण्डारीले काठमाडौंको भृकुटी मण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा पानी खसालेर दिउँसो उद्घाटन गर्नुभएको हो ।मेलम्चीको पानी गत आइतबारदेखि नै वितरण गरिए पनि शुक्रबार मात्र औपचारिक उद्घाटन गरिएको हो।
हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन बिराएर पानी वितरण गरिँदै छ। अनामनगरको ८०० घरमा भने २४ सै घण्टा पानी वितरण भइरहेको छ। आज बिहानदेखि बालाजु‚ सोह्रखुट्टे लगायतका स्थानमा पनि पानी वितरण थालिएको छ।