देवचुली,
देवचुलीमा महिला दिदीबहिनीहरुका लागि नेतृत्व तथा संस्थागत विकास तालिम सुरु भएको छ । देवचुली नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा देवचुली वडा नं १६ र १७ मा ४ दिने नेतृत्व तथा संस्थागत विकास तालिम सुरु भएको हो । समाजमा महिलाहरुले घरभित्रको चुलो चौका मात्र गर्नुपर्छ भन्ने मान्यतालाई जरै देखि उखलेर महिलाहरुलाई पनि अब घरबाट बाहिर निकालेर अगाडि बढाउनुपर्ने बताउँदै यस किसिमका तालिमले सहयोग पुर्याउने देवचुली नगरपालिका सामाजिक विकास समितिका संयोजक विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । तालिमले महिलाहरुमा सकारात्मक सोच आउने र समाजमा महिलाहरुको सहभागितामा बृद्धि हुने बताउनुभयो ।
तालिममा सहभागि भई महिलाहरुले आँफूले सिकेको कुरा समाजमा गई अन्य व्यक्तिहरुलाई पनि सिकाउन देवचुली वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्रीले बताउनुभएको थियो ।
तालिमका सहभागिहरुलाई नेतृत्व विकास, नेता र नेतृत्वको बारेमा जानकारी, महिला विकास कार्यक्रम, सहकारी प्रबद्र्धन तथा अभिबृद्धी, उद्घोषण, वैठक सञ्चालन प्रक्रिया र माईन्युट लेखनको बारेमा फरक फरक व्यक्तिहरुले सेसनहरु सञ्चालन गर्ने महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख बिमला लम्सालले बताउनुभयो । कार्यक्रममा विभिन्न सहकारीहरु, आमा समुह र अन्य गरेर ३० जना महिला अगुवाहरुको सहभागिता रहेको थियो । पहिलो दिनको तालिममा नेतृत्व तथा महिला शसक्तिकरणमा नेतृत्वको