अमेरिकाका राष्ट्रपति जो बाइडेनले सबै राज्य र सहरहरुमा मास्क लगाउन प्रोत्साहित गर्न गभर्नर एवम् मेयरहरु लाई अपिल गर्नुभएको छ ।
कोेरोना महामारी बारे भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले महामारी पूर्ण रुपमा उन्मूलन भइ नसकेकाले अनिवार्य मास्क लगाउन आवश्यक रहेको र त्यसका लागि प्रोत्साहित गर्न आग्रह गर्नुभएको हो ।
मानिसहरुको लापरबाहीका कारण कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेको भन्दै उहाँले सबैले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नसमेत आग्रह गर्नुभएको छ ।
आफूले कार्यभार सम्हाल पछि सङ्क्रमण दर दुई तिहाइ घटाउन सफल भएको भन्दै उहाँले अहिले पनि लापरबाही गर्न नहुने बताउनुभयो । अमेरिकामा अहिले सम्म ३ करोड १० लाख २८ हजार लाई कोरोना सङ्क्रमण भइसकेको छ भने ५ लाख ६३ हजार १ सय ६८ जनाको मृत्यु भइसकेको छ ।