१७ चैत, बाँके । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको आकस्मिक बैठकले आज देखि शुक्रबार सम्म चार दिन देश भरका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो ।
काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा शुक्रबार देखि वायु प्रदूषण बढेको छ । उक्त बाक्लो तुवालोका कारण आँखा पोल्ने समस्या देखिनका साथै स्वासप्रवासमा पनि समस्या देखिएको छ ।
बढ्दो प्रदूषणले लाखौँ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलतालाई ध्यानमा राख्दै शिक्षण संस्था बन्द गरिएको हो ।
जल तथा मौसमविद्का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको हुँदा सरोकारवाला निकायले घर भित्रै बस्न सुझाव दिएका छन् ।