१३ चैत, बाँके । ए.जी. सर्भिस प्रा.लि.को आयोजनामा नेपालगन्जमा तेस्रो नेपालगन्ज महोत्सव २०७७ को बिहिवार उद्घाटन भएको छ । 
“समृद्ध नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पुर्वाधार” भन्ने मुल नारा सहित चैत २२ गते सम्म सन्चालन हुने महोत्सवमा आज मेरो एक्सको छम्मा बोल भएको गीत निकै चर्चित कलाकार सृजना खत्री(हाउडे माया) लगायत आधा दर्जन कलाकारहरुको प्रस्तुति रह्ने आयोजकले जनाएको छ ।