तीन वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा ९३ गैंडाको मृत्यु भएको छ । अधिकांश गैंडाको मृत्यु प्राकृतिक कारणले हुने गरेको छ । उमेर पुगेर, कालगतिले, भाले–भाले गैंडा जुधेर, बाघको आक्रमण, भाले गैंडाको आक्रमण पोथीको, जलथलमा परी र बाढीले बगाएर मृत्यु हुने गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
चितवन निकुञ्जमा सबैभन्दा बढी गैंडा रहेकोले यस क्षेत्रमा बढी मृत्यु हुने गरेको सूचना अधिकारी लोकेन्द्र अधिकारी बताउँछन् । उनका अनुसार आव ०७५/०७६ मा ४३, ०७६/०७७ मा २६ र ०७७/०७८ मा २६ गैंडाको मृत्यु भएको थियो । बढी मृत्यु भएर संख्या घटे पनि जन्मदर वृद्धि भएर बढ्नेको संख्या उत्तिकै रहेको उनले स्पष्ट पारे ।’चोरी निकासीमा परी केहीको मृत्यु हुने गरेको छ,’ उनले भने,’ जंगलमा चोरी निकासी बढने गरेकोले विभिन्न सिफ्टमा गस्ती गर्न थालिएको छ ।’ गस्ती गर्नका लागि तयारी अवस्थामा हरेक निकुञ्जले दुई वटा हात्ती राखेको छ ।