कावासोती,चैत्र ४। नेपाल विद्यार्थी संघ नवलपुरले कावासोतिको इन्द्रचोकमा सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्दिको विरुद्धमा प्रदर्सन गरेको छ।आज साझ ६ बजेबाट गरिएको विरोध प्रदर्शन कार्यक्रम अन्तरगत सरकार विरोधी ,मुल्यवृद्धि बिरोधी नाराहरु लगाइएका थिए।
नेवि संघ नवलपुरका पदाधिकारी तथा शुभेच्छुक हरुको उपस्थिति गरिएको कार्यक्रममा बोल्दै पुर्व केन्द्रीय सदस्य आर सि भट्टराईले सरकारको यो कदम अत्यन्तै जनविरोधी तथा नेपाली जनताहरुको ढाड सेक्ने खालको भएको हुदा तत्काल फिर्ता लिन चेतावनी दिदै मुल्यवृद्दी फिर्ता नभए थप कडा आन्दोलन गर्न सकिने कुरा बताए।विरोध प्रदर्सन कार्यक्रम सडक बिचमा गरिएको र केहीबेर सडक अवरुद्ध गर्दै चर्को नाराबाजी समेत गरिएको आयोजकले जानकारी दिएका छन।
पेट्रोलियम पदार्थको मुल्यवृद्दी विरुद्ध नेवि संघ नवलपुरको विरोध प्रदर्शन