देवचुली,विवेक भण्डारी
देवचुली नगरपालिका वडा नम्बर २ का ७० जना जेष्ठ नागरिक ,अपाङ र एकल महिलाहरुलाई सम्मान गरिएको छ । वडा नम्बर २ का वडा अध्यक्षको अध्यक्षतामा आयोजना गरिएको सम्मान कार्यक्रममा वडा भित्रका जेष्ठ नागरिक, एक महिला तथा अपाङ गरि ७० जनालाई न्यानो कपडा दिएर सम्मान गरिएको वडाका वडा अध्यक्ष माधव केसीले जानकारी दिनुभयो ।
सम्मान कार्यक्रममा वडा सदस्य ,टोल सुधार समितिका अध्यक्ष , समाज सेवी लगायतको सहभागिता रहेको थियो । दिव्य युवा समुहको भवनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको महिला वडा सदस्य दुर्गा अधिकारीले सहजिकरण गर्नुभएको थियो ।