देवचुली,नवलपुर। देवचुली युथ क्लवको आयोजनामा स्व मुकेश सापकोटाको स्मृतिमा पहिलोपटक टि-ट्वान्टी ड्युज लिग प्रतियोगिता दलदलेमा सुरु गरिएको छ। कुल ८ टिम सम्मीलित टुर्नामेन्टमा प्रथम हुने टिमलाई नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र, दोश्रो हुने टिमलाई नगद २५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र तथा म्यान अफ द सिरिजलाई नगद १० हजार, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
शिव मावी र वेस्टर्न क्रीकेट एकेडेमी बिजयी मंगलबार भएको प्रतियोगिताको पहिलो खेलमा आयोजक देवचुली युथ क्लव र टिम शिव मावी बिच खेल भएको छ। पहिलो खेलमा शिव माविले जित निकालेको छ। पहिले ब्याटिङ्ग गरेको शिव माविले निर्धारित २० ओभरमा १ सय १७ रन जोड्न सफल रह्यो। शिव माविका लागि शरद तिवारीले सर्वाधिक २४ रन जोडे। जवाफी ब्याटिङ्गमा उत्रेको आयोजक देवचुली युथ क्लवले मात्रै १९ रनमा सबै विकेट गुमायो। देवचुलीका लागि प्रनिश अर्यालले १३ रनको पारी खेले पनि उक्त पारी जीत निकाल्न सम्भव भएन।
यस्तै आजै भएको वेस्टर्न क्रीकेट एकेडेमी र रक इलाभेन स्याङ्जा बिचको दोश्रो खेलमा स्याङ्जाले ९ रनको जित निकालेको छ। स्याङ्जाले १३० रनको टार्गेट वेस्टर्नलाई दिएको थियो। वेस्टर्नले पुरै ओभर खेल्दै ९१ रनमा समेटियो। स्याङ्जाका अभिषेक बस्नेतले सर्वाधिक २६ रनको पारी खेले भने वेस्टर्नका सन्देश थापाले ३१ रन जोड्न सफल रहे पनि हारलाई टार्न सकेनन। भोलि(बुधबार) को खेल ग्लोबल इन्टरफेस इस्टर्न र वेस्टर्न क्रीकेट एकेडेमी र दोश्रो खेल गोर्खा वारियर्स र बालबिकास क्रीकेट क्लव बिच हुने आयोजकले जनाएको छ।
मुकेश सापकोटा स्मृति कप क्रीकेट प्रतियोगिता आजबाट दलदलेमा सुरु