बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएका १३ जना थुनुवाहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीका अनुसार भदौ ५ गते २७ जना थुनुवाको स्वाब टेस्टका लागि पठाइएको र त्यसै मध्ये १३ जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।
स्वाब टेस्टका लागि पठाइका २७ जना थुनुवाहरु मध्ये ४ जना थुनुवा रिपोर्ट नआउँदै हिरासतबाट छुटेर घर गैसकेका उनले बताए । कोरोना पोजेटिभ पुष्टि भएका थुनुवाहरुलाई भैरहवाको भिम अस्पतालमा रहेको आइसोलेसन र केहीलाई बुटवलमा रहेको आइसोलेसनमा राखिएको प्रहरी नायव उपरिक्षक खत्रीले जानकारी दिए ।