कावासोती,नवलपुर। नवदुर्गा सामुदायिक वन उपभोक्ता समिती कावासोती ४ को आयोजना तथा पतन्जली योग समिती नवलपुरको प्रायोजनमा संचालित साप्ताहिक योग शिविर आज एक कार्यक्रमका विच समापन गरिएको छ।हसौरामा एक हप्ता सम्म संचालित निशुल्क वृहत् योग शिविरमा दैनिक १५० बढि सहभागी रहेको शिविरका संयोजक सुर्य सुबेदिले जानकारी दिएका छन।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नवलपुर जिल्ला प्रमुख मनमाया भट्टराई पंगेनीले वर्तमान समयमा योग ध्यान अत्यन्तै आवश्यक रहेको भन्दै सम्पूर्णलाई योग ध्यान गरि स्वस्थ रहन आग्रह गरिन। कार्यक्रममा विशेष अतिथि नेपाल विद्दुत प्राधिकरण कावासोतीका प्रमुख मधुसूदन यादव,प्रमुख प्रशिक्षक गणेश आचार्य ,पुरुषोत्तम भुर्तेल,अन्य पतन्जली योग समितिका प्रशिक्षक हरु लगायत स्थानीयहरुलो उपस्थिति रहेको थियो।
नवदुर्गा सामुदायिक वनले सप्पन्न गर्यो एक हप्ते निशुल्क योग शिविर