दाङको घोराहीस्थित धर्नाको जंगलमा मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ।
घोराही उपमहानगरपालिका वडा नम्बर ८ दुन्द्राका ३९ वर्षिय अमन भनिने भूपेन्द्र महराको शव भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकेन्द्र रिजालले बताए।
महरा गत मंसिरदेखि बेपत्ता थिए।
‘घटनाको प्रकृति हेर्दा हत्या भएकोजस्तो देखिएको छैन,’ रिजालले भने ‘ पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ।’
शरीरमा कुनै घाउचोट नदेखिएको उनले बताए।
घोराही ५ स्थित थारुवान जंगलको बीचको पोखरीमा डुबेको अवस्थामा फेला परेको महराको शव प्रहरीले सोमबार निकालेर पोष्टमार्टमका लागि अस्पताल लगेको थियो।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।साभार: सेतोपाटी