उर्मिला यादव , माघ २०। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाई राखेको अवस्थामा करीब ३ लाख ७७ हजार ८ सय २ रुपैया मुल्य बराबरको अबैध मालसमान बरामद गरेको छ । प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले आज मंगलबार बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीबाट ११ कार्टुन टिपरको एयर फिल्टर बरामद गरेको छ । बरामद भएका मालसामान आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिएका छन।
तीन लाख बराबरको अवैध मालसामान बरामद