किरण भुर्तेल,कावासोती,नवलपुर। नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) नवलपुरको सभापतिमा इन्जिनियर बिनोद अर्याल सर्बसहमत रुपमा चयन भएका छन सिडेन नेपाली काङ्ग्रेस तथा प्रजातान्त्रिक मूल्य र मान्यता माथी विश्वास राख्ने इन्जिनियरहरुको साझा संस्था हो। हालै सर्वसहमतिमा चयन भएको ११ सदस्यीय जिल्ला कार्य समितिको सभापतीमा बिनोद अर्याल,उप-सभापती सन्तोष काफ्ले,सचिब आयुष श्रेष्ठ ,सह-सचिब नवीन के सि,कोषाध्यक्षमा दिपक सापकोटा छन भने राम अधिकारि ,शरद काफ्ले,सन्तोष सुवेदी ,विपन क्षेत्री,सरोज कुमाल र ईश्वर के सि जिल्ला कार्य समिति सदस्य रहेका छन। सिडेन नवलपुरको ५ सदस्यीय सल्लाहाकर समिती पनि गठन भएको छ।आफुले इन्जिनियरहरुको हक हितका लागि विभिन्न स्थानीय तह तथा राजनैतिक दलको सहकार्यमा आवश्यक कार्यहरु गर्ने भन्दै आफुलाइ सिडेन नवलपुरको सभापती चयन गरेकोमा सभापति अर्यालले धन्यवाद ज्ञापन गरेका छन।
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) नवलपुरको सभापतिमा बिनोद अर्याल