सोमबार नेपालमा थप १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना पुष्टि भएको हो।
योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार ११८ पुगेको छ।
पछिल्लो २४ घण्टामा २६४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६६ हजार ६०० पुगेको छ।साभार: सेतोपाटी