कावासोती,माघ १९।नवलपुरमा जारी जिल्ला स्तरीय क्रीकेट प्रतियोगिताको फाइनल खेल हिजो सम्पन्न भएको छ।रजहर क्रीकेट क्लबका विरुद्धमा युथ नवलपुर क्लबका विचमा भएको खेलमा युथ नवलपुर क्लब बिजयी भएर उपाधि कब्जा गरेको हो।
अत्यन्तै प्रतिस्पर्धात्मक रुपमा अगाडी बढेको खेलमा अन्तिम ओभरमा मात्रै खेलको फैसला भएको थियो।खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको आयोजक युथ नवलपुर क्लबले कृष्ण जिसिको ३५, मधुको २८ रनको मद्धतले १३५ रन बनाउन सफल भएको थियो।जवाफी ब्याटिमा उत्रिएको रजहर क्रीकेट क्लबले १२२ रनमा अल आउट भएपछी आयोजक क्लबले उपाधी आफ्नो पोल्टामा पारेको हो।रजहरका खेलाडी विकल्प पौडेलले २३ बलमा ४० रन बनाएपनी त्यो जितका लागि प्रयाप्त भने भएन।युथ नवलपुरका लागि म्यान अफ द म्याच चुनिएका पवन भुर्तेलले ४ ओभरमा एक मेडन राख्दै ४ विकेट लिएर उत्कृष्ट प्रदर्सन गरेका थिए।प्रतियोगित अबधिबर उत्कृष्ट प्रदर्शन गर्दै १०८ रन सहित १० विकेट लिएका कृष्ण जिसि म्यान अफ द सिरिज भएको खेल संयोजक मदन सुबेदिले जानकारी दिएका छन।
प्रतियोगितामा प्रथम हुने युथ नवलपुरले ट्रफी ,मेडल सहित रु २५००० हात पार्यो भने उपविजेता रजहरले ट्रफी मेडल सहित रु १२००५ नगद हात पार्न सफल भएको छ।खेल पछि पोस्ट म्याच सेरेमनिमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी क्रीकेट एसोसिएसन गण्डकी प्रदेश सदस्य इन्द्र सिग्देलले युवाहरुले जिल्ला स्तरीय प्रतियोगिता राखेर सप्पन्न गर्नु आफैमा सुखद भएको भन्दै सबैलाइ बधाइ सुभकामना दिएर आगामी दिनमा आफुबाट हुन सक्ने जुनसुकै सहयोगका लागि आफू तत्पर रहेको बताए।
गण्डकी मिडियाका प्रमुख किरण भुर्तेलले संचालन गरेको कार्यक्रममा प्रमुख प्रायोजक संस्था राफल कन्सल्टेन्सी तथा एनसिसी का संचालाक सुमन भण्डारी ,अमित पौडेल ,ज्योती लाइफका केशब भुसाल,बिनोद भट्टराई लगायतको उपस्थिति रहेको थियो।कार्यक्रमको अन्त्यमा बोल्दै खेल संयोजक तथा कार्यक्रमको अध्यक्षता गरेका मदन सुबेदिले प्रतियोगिता अवधिभर आफुहरलाइ सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै बिजयी टिमहरुलाइ बधाइ समेत दिएका थिए।
जिल्ला स्तरिय क्रीकेट प्रतियोगिताको उपाधिमा आयोजक युथ नवलपुर क्लबको कब्जा