काठमाडौ । बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नं ३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कुटपिट गरी धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनाप्रति नेपाली काँग्रेस तरुण विभागको गम्भीर ध्यानाकर्षण भएको एक प्रेस विज्ञप्ति जारी गरि जनाइएको छ। छविसपाथिभेरा—३ मा रहेको वान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापनको समितिको निर्वाचन सकेर घर फर्कने क्रममा हिजो मंगलबार साँझ उहाँलाई नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । जनताले शान्तिपूर्ण रुपले बाच्न पाउने संवैधानिक अधिकार माथि धावा बोल्दै यस हत्या काण्डमा संलग्न दोषी उपर छिटो भन्दा छिटो कानुनको कठघरामा ल्याई हदै सम्मको कानुनी कारवाही गर्न र जनताको जिउँ धनको सुरक्षा कायम गर्न नेपाल सरकार र यसको सम्बन्धित निकायलाई नेपाली काँग्रेस तरुण विभागले एक प्रेस बिज्ञप्ति निकालेर जोडदार माग गरेको छ । काङ्ग्रेसको केद्रीय तरुण विभाग सचिव श्याम श्रेष्ठद्वारा हस्ताक्षर गरिएको उक्त बिज्ञप्तिमा भनिएको छ, ‘यदी हत्यारालाई दुई तिहाइको दम्व देखाई कानुनी कारवाहीमा ढिला सुस्ती गरेमा नेपाली काँग्रेस तरुण विभागले सडक देखि सदन सम्म न्यायको पक्षमा जोडदार आवाज उठाउन पछि पर्ने छैन।'
बझाङका सिंहको हत्यारालाइ कारवाही गर्न काङ्ग्रेस तरुण विभागको माग ,माग पूरा नभए शसक्त आन्दोलन गर्ने चेतावनी