स्वास्थ्य कार्यालय नवलपुरको आयोजनामा सञ्चालित निशुल्क स्थायी बन्ध्याकरण शिविरमा सोमवार १२ जनाले सेवा लिएका छन् । मध्यबिन्दु नगरपालिकाको नयाँ बेलहानी स्वास्थ्य चौकीमा चलेको शिविरमा ४ जना पुरुषले भ्यासेक्टोमी र ८ जना महिलाले मिनील्याप सेवा लिएका हुन् ।
जिल्लाका स्थानीय तहहरुको समन्वय र सुनौलो परिवार नेपाल (मेरी स्टोप्स नेपाल) काठमाण्डौंको प्राविधिक सहयोगमा सञ्चालित शिविर अहिलेसम्म देबचुलीको दुम्कौली, कावासोतीको मध्यबिन्दु जिल्ला अस्पताल र मध्यबिन्दुको नयाँ बेलहानीमा सम्पन्न हुदा ४१ जना पुरुष र २६ जना महिला गरी जम्मा ६७ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय नवलपुरले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
शिविर जिल्लाका आठवटै पालिकामा पुगेर सेवा प्रदान गरिने कार्यालयले जनाएको छ । माघ ७ गते देवचुलीबाट शुरु भएको शिविर माघ २९ गतेसम्म चल्नेछ ।
मंगलवारको शिविर चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा हुने जनाईएको छ ।