चोरमारा । जिल्ला विपद व्यवस्थापन समिति नवलपुरबाट मध्यविन्दु नगरपालिकामा आएका फाइवर सिरक रेडक्रसलाई हस्तान्तरण गरिएको छ । अत्याधिक बढेको चिसोका कारण प्रभाबित बनेका घरपरिवारलाई बितरण गर्नका लागि नगरपालिकामा ६५ थान फाइवर सिरक आएको थियो । मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्र वहादुर रानाले रेडक्रस सोसाइटी चोरमारा उपशाखाका अध्यक्ष बिन्दु काफ्ललेलाई फाइवर सिरक हस्तान्तरण गर्नुभएको हो । केही दिन यता बढेको अत्याधिक चिसोका कारण गरिव तथा विपन्न परिवारको दैनिकीमा नै समस्या भइरहेकोले उनिहरुको लागि सो सिरक हस्तान्तरण गरिएको नगरप्रमुख रानाले बताउनुभयो । सिरक पिडीतले मात्र पाउने गरी व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो । रेडक्रसले नै सो सिरक लाभान्बित पिडीतहरुलाई बितरण गर्ने छ ।
चोरमारा रेडक्रसलाई ६५ थान फाइबर सिरक हस्तान्तरण।।