७ माघ,रुपन्देही । रुपन्देहीको मर्चवारमा करिब ३५ वर्षिय युवकलाई जलाएर हत्या गरिएको छ । जिल्लाको मायादेवी गाउँपालिका–७ गरगट्टीमा दानव नदी किनारको खेतमा उनको शव फेला परेको हो ।
रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण अनुसार ती पुरुषको शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा शव भेटिएको हो । उनका अनुसार ती पुरुषको सनाखत हुन सकेको छैन ।
प्रहरी अनुसार उक्त घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएको छ । घटनामा संलग्न दोषीको पहिचान हुन नसेकाले नेपालगञ्जबाट तालिम प्राप्त कुकुर पठाएर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको हो ।