नवलपुर ।
कावासोती नगरपालिका वडा नं. ४ हसौरामा जारी दोस्रो नवज्योति जिल्ला स्तरीय फुटवल प्रतियोगिताको आईतवारको खेलमा दलदलेको प्रगति कला मन्दिरले जित निकालेको छ ।
कोल्हुवाको सुर्योदय युवा क्लवसँग भएको खेलमा प्रगति कला मन्दिरले २–१ अन्तरले जित निकालेको हो ।
आजको खेलमा प्रगति कला मन्दिरका तर्फवाट एक गोल गरेका जर्सी नं. ४ का शुसान्त श्रेष्ठ म्यान अफ द म्याच भए । श्रेष्ठलाई वडा नं. ४ का वडाध्यक्ष रमाकान्त चापागाईले म्यान अफ द म्याचको ट्रफी प्रदान गरे ।
भोली सोमवारको खेल नमुना युवा क्लव कालिका र बेलुवा एफसीबीच हुने क्लवका अध्यक्ष शुशिल पौडेलले जानकारी दिए ।
प्रतियोगिता माघ १६ गतेसम्म चल्ने छ ।
कार्यक्रमलाई वडा नं. ४ वडा कार्यालयले सहयोग गरेको छ ।
नवज्योति फुटवल प्रतियोगिता: दलदलेको प्रगति कला मन्दिर विजयी