कृष्ण पौडेल ,गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्बिनीको कोटबाट जन्ती लिएर स्याङ्जाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बर को जीप दुर्घटना हुँदा जीपमा सभार १५ जना मध्ये १४ जना घाइते भएका छन्। घाइते मध्य ओमप्रकाश पाण्डे, शिवलाल पाण्डे सोभाखर पाण्डे, खिमानन्द पाण्डे र चालक राजन पाण्डेलाई विभिन्न ठाउँमा चोट-पटक लागेकाले थप उपचारका लागि पाल्पा पठाइएको छ। जिप बिहान १०:३० मा दुर्घटना भएको थियो । बाँकीलाई स्याङ्जाको मिर्मीमै सामान्य उपचार गरी घर फर्काइएको पुर्तिघाट प्रहरी चौकीले जानकारी दिएको छ। जीप ओरालोमा ब्रेकफेल हुँदा बाटोबाट १७ मिटर तल खसेको र घाइतेहरु सबैको अवस्था सामान्य रहेको पुर्तिघाटका प्रहरी इन्चार्ज हरिले गण्डकी आजलाई जानकारी दिएका छन।
गुल्मीको कालिगण्डकी गाउँपालिकामा जन्ती गाडि दुर्घटना,१४ घाइते