देवचुलीः
देवचुली होटल ब्यवसाय संघको प्रथम साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज दलदलेमा सम्पन्न अधिवेशनले होटल व्यवसायी शुरेस पाण्डेलाई अध्यक्षमा चुनेको छ । अधिवेशनले १४ सदस्यीय समिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण चापागाई, उपाध्यक्षमा रुमा सोती थापामगर, सचिवमा भोजराज ज्ञवाली, कोषाध्यक्षमा सुधा न्यौपाने र सहसचिवमा खुमलाल भुर्तेल चुनिएका छन् भने सदस्यहरुमा सुमन श्रेष्ठ, देवीप्रसाद भण्डारी, विष्णु भुर्तेल, सागर पौडेल, जोखबहादुर जिसी, डोलराज सारु, गोविन्दलाल महत्तो र डिलु महत्तो छन् ।
साधारण सभाको उद्घाटन सत्र शुरेश पाण्डेको अध्यक्षता, देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र भोजराज ज्ञवालीको सञ्चालनमा भएको थियो ।
देवचुली होटल ब्यवसाय संघको नयाँ नेतृत्व चयन